काठमाडौं-स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ ।
दुई देशबीचको खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ ।
नेपालले यसअघि भएको खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । आजको खेलमा नेपाल त्यसैको बदला लिने तयारी साथ मैदान उत्रिने छ ।
नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् । समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।