AarthikBikash
बिहिबार, असार ५, २०८२
  • होमपेज
  • राजनीति
  • प्रचण्ड नआउँदा प्रमुख तीन दलको बैठक अनिश्चित

प्रचण्ड नआउँदा प्रमुख तीन दलको बैठक अनिश्चित

  • बिहिबार, असार ५, २०८२
प्रचण्ड नआउँदा प्रमुख तीन दलको बैठक अनिश्चित

काठमाडौं-सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक विगत तीन दिनदेखि बस्न सकेको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास थालेको आज तीन दिन भइसकेको छ ।

मंगलबार र बुधबार शीर्ष नेताहरु प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच बैठक बस्ने प्रयास भएको थियो ।

तर, आजसम्म पनि बैठक बस्न सकेको छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा बैठकका लागि तयार भएपनि माओवादी अध्यक्ष प्रचण्डले भने आनाकानी गरिरहेकाले बैठक अनिश्चित बन्दै आएको छ ।

यता, प्रधानमन्त्री ओलीको सचिवालय भने माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर रहेकाले छलफल हुन नसकेको बताईरहेको छ ।

स्रोतका अनुसार प्रचण्ड मंगलबार बेलुकी चितवनबाट काठमाडौं फर्किने र बुधबार बैठक बस्ने तय भएको थियो तर प्रचण्ड नआउँदा बैठक बस्न सकेन ।

आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । आज पनि बैठक बस्ने निश्चित भने हुन नसकेको सचिवालयका एक अधिकारी बताउँछन् ।

शीष तीन दलका नेताहरु संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयको छलफलका लागि बैठक बस्न खोजिरहेका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सम्बन्धित आयोगले काम गरिरहेको छ ।

त्यसमा हस्तक्षेप नभएर पीडितका कुरा कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयमा तीन नेता छलफलमा बस्ने लागेको नेताहरू बताउँछन् ।

सम्बन्धित समाचार