mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बस्दै

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बस्दै

  • शुक्रबार, असार ६, २०८२
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं-प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बैठक बोलाएका हुन ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।   प्रचण्डले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बुधबार र बिहीबार तीन दलको बैठक स्थगित भएको थियो।

उनीहरूबिच समसामयिक राजनीति, संसद्को गतिरोध अन्त्य, संसद्बाट विधेयक पारित गर्ने र संक्रमणकालीन न्याय लगायतको विषयमा छलफल हुने बताइएको छ।

दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको संघीय निजामती विधेयक पारित गर्ने प्रतिनिधिसभामा कार्यसूची भएपनि अहिले ‘होल्ड’ भएको छ। बजेट पारितसँगै निजामती विधेयक, शिक्षा विधेयकपनि तत्काल पारित गर्न दबाब रहेको छ ।

सम्बन्धित समाचार