кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • हिलोबाट तर्किएर देश बन्दैन, देश बनाउन हिलोमा पस्नैपर्छ : कृषि मन्त्री

हिलोबाट तर्किएर देश बन्दैन, देश बनाउन हिलोमा पस्नैपर्छ : कृषि मन्त्री

  • आइतवार, असार १५, २०८२
हिलोबाट तर्किएर देश बन्दैन, देश बनाउन हिलोमा पस्नैपर्छ : कृषि मन्त्री

काठमाडौं-कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।

आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् ।

सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने उनले बताए ।

उनले भने–‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’

अनुसन्धान गर्दै, परिष्कृत गर्दै धान बालीलाई अघि बढाउन सके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको अधिकारीले बताए ।

मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताउँदै उनले असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेका बताए ।

मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा देश धानमा आत्मनिर्भर हुने उनको भनाइ छ ।

स्रोत र साधनको सीमितताका बावजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने उनको भनाई थियो ।

उनले भने–‘चैते धानको जस्तो स्वादिलो चामल अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो, हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ ।’

सम्बन्धित समाचार