mega darknetmega darknet
AarthikBikash
शुक्रबार, साउन ३१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • एक हजार ७४ किलो गाँजा र साढे दुई किलो अफिमसहित सात जना पक्राउ

एक हजार ७४ किलो गाँजा र साढे दुई किलो अफिमसहित सात जना पक्राउ

  • मङ्लबार, असार १७, २०८२
एक हजार ७४ किलो गाँजा र साढे दुई किलो अफिमसहित सात जना पक्राउ

काठमाडौं-प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा र अफिमसहित सात जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रणको अभियानअन्तर्गत लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङको टोलीले ५४ बोरा अवैध लागूऔषध गाँजा फेला परेको हो।

मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरे पोखरीबाट प्रहरीले एक हजार ७४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा छन्।

पक्राउ परेकाहरुको घरमा खानतलासी गर्दा प्रहरीले उक्त मात्रामा गाँजा बरामद गरेको जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लािग इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुर बुझाइएको ब्यूरोले जनाएको छ ।

त्यैसैगरी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ६ बजेको समयमा कैलालीको घोडाघोडी नगरपालिका–१ बाट २.७ किलोग्राम अवैध लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सार्किघाट गाउँपालिका–५, हुम्लाका ३४ वर्षिय लोकेन्द्र साही, सोही ठाउँका २७ वषिय शालु साही र सुनछहारी गाउँपालिका–३ का ३२ वर्षिय पूर्णिमा पुन मगर रहेका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लािग इलाका प्रहरी कार्यालय सुक्खड, कैलाली बुझाइएको ब्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार