кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • खेलकुद
  • एसीसी यू–१६ : रौनकको शतक र शर्माको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित

एसीसी यू–१६ : रौनकको शतक र शर्माको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित

  • मङ्लबार, असार १७, २०८२
एसीसी यू–१६ : रौनकको शतक र शर्माको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं-मलेशियामा जारी एसीसी यू–१६ ईस्ट जोन कपमा नेपालले भुटानविरुद्ध शानदार जित हात पारेको छ ।

विशाल ३५९ रनको लक्ष्य पछ्याएको भुटानलाई ६० रनमा आउट गरेपछि नेपालले भुटानविरुद्ध २९८ रनको जित हात पारेको हो ।

रौनक श्रीवास्तवको शानदार शतक र बलरहरूको शानदार प्रदर्शनमा नेपालले समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको हो ।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो ।

नवौं विकेट खसेपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकिएको घोषणा गरियो ।

भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए ।

नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए ।

सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले पनि २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

सम्बन्धित समाचार