кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, असार २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन् : सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्

नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन् : सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्

  • शुक्रबार, असार २०, २०८२
नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन् : सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरले सोधेको प्रश्नको जवाफ दिंदै उनले सरकारी र गैरसरकारी वा निजी कर्मचारीमा फरक भएको बताए ।सांसदहरुले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए ।

उनले भने–‘सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरू यसैपनि भनेजस्तो समर्पित भएर काम गर्दैनन् । तर कम भन्दा कम म्यानपावरले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिन्छ । यो सुशासनकै पाटो हो । सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो ।’

मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको स्पष्ट पारे ।मन्त्री पाण्डेले भने–‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो । ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ । ग्राउण्ड ह्याण्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ । आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताउँदै मन्त्री पाण्डेले भने–‘कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको छ ।’

सम्बन्धित समाचार