кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, असार २१, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • बागमतीका सांसद तामाङ एवं पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बागमतीका सांसद तामाङ एवं पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • शनिबार, असार २१, २०८२
बागमतीका सांसद तामाङ एवं पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं-बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा सांसद तामाङविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् । बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुन् ।

धादिङ–२ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए । ललितपुर जिल्ला अदालतले २०८१ फागुन ५ गते नै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए ।

उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएपछि पक्राउ पुर्जी जारी भएको हो ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा तामाङको कम्पनीलाई सबस्टेसन निर्माणसम्बन्धी ठेक्का दिलाइएको थियो ।

चिलिमे–त्रिशुली २२० के.भी. प्रसारण लाइन अन्तरगतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का २०७४ कात्तिकमा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले १ अर्ब ११ करोडमा पाएको थियो ।

त्यो ठेक्काको सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो । सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने बागमती प्रदेश सांसद डम्बर तामाङको प्रो–सोलुसन्सले पाएको थियो ।

उक्त ठेक्काको रकम पिंगाओले सहनलाई हुँदै तामाङको प्रो सोलुसन्सले पाउनुपर्नेम घिसिङको दबाबमा पिगांओले सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो ।

पिगांगोले सिधै प्रो– सोलुसन्सलाई रकम दिंदा सहन कन्स्ट्रक्सनले रकम नपाएपछि सहज अदालत पुगेको थियो । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरूमा प्रोसोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।

सम्बन्धित समाचार