кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, असार २१, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • कांग्रेसको बैठकमा अन्तर्घातको कुरा उठ्यो, इन्द्र बानियाँमाथि कारबाहीको माग

कांग्रेसको बैठकमा अन्तर्घातको कुरा उठ्यो, इन्द्र बानियाँमाथि कारबाहीको माग

  • शनिबार, असार २१, २०८२
कांग्रेसको बैठकमा अन्तर्घातको कुरा उठ्यो, इन्द्र बानियाँमाथि कारबाहीको माग

काठमाडौं-नेपाली कांग्रेसको केही दिनदेखि जारी अनुशासन समितिको बैठकमा निर्वाचनको बेला देशभर भएका अन्तर्घातको कुरा उठेको छ । अहिले मुख्यगरी मकवानपुरमा भएको अन्तर्घातको विषय जोडतोडले उठाइएको छ ।

२०७९ मा भएको निर्वाचनमा मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए । उनले दुई हेबिवेट उम्मेदवारहरु नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए ।

निर्वाचनमा सिंहले २७ हजार ८१६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४३४ मत ल्याएकी थिइन् । निर्वाचनमा पराजय भोगेपछि उपाध्यायले पार्टिमा तत्कालै उजुरी दिएकी थिइन् ।

उनले बागमती प्रदेश कांग्रेस कमिटीको सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले अन्तर्घात गरेको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा समेत उजुरी गरेकी थिइन् ।

त्यसले पनि अहिले जारी अनुशासन समिति बैठकमा यो विषय जोडतोडका साथ उठाइएको छ । अनुसासन समितिका सदस्यद्वय सञ्जय गुप्ता र राजिव कोइरालाले बानियाँले अन्तर्घात गरेको विषय उठाएपछि कारबाहीसम्मको चर्चा चलेको छ ।

आनन्द ढुंगानाको संयोजकत्वमा बनेको अनुशासन समितिमा पाँच जना सदस्य छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पनि पार्टी भित्रैबाट अन्तर्घात हुन थालेको भन्दै प्रश्न उठाएका थिए ।

निजामती कर्मचारीसम्बन्धी विधेयकको कुलिङ अफ पिरियडमा भएको बदमासीमा आफूले कुनै गल्ती नगरेपनि पार्टीभित्रैबाट अन्तरविरोध भएको भन्दै आपत्ति जनाएका हुन् ।

सभापति खतिवडाले पार्टीमा पद्धति बसाल्ने हो भने केन्द्रीय समितिमा सभापति, महामन्त्री र अन्य नेतालाई आरोपित गर्ने काम बन्द गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार