mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • आज काठमाडौंसहित २५ जिल्लामा बाढीको जोखिम

आज काठमाडौंसहित २५ जिल्लामा बाढीको जोखिम

  • आइतवार, असार २२, २०८२
आज काठमाडौंसहित २५ जिल्लामा बाढीको जोखिम

काठमाडौं-जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आजका लागि पनि नियमित बाढी सतर्कता सूचना जारी गरेको छ।

महाशाखाको बुलेटिनमा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि नारायणी र कर्णाली जलाधार क्षेत्रका केही जलमापन केन्द्रमा जलसतह बढ्दो अवस्थामा रहेको उल्लेख गरिएको छ।

कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्लामा बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा लगायतका जिल्लामा पनि साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र मध्यम तहको जोखिम देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

बाढी महाशाखाले जोखिम रहेका २५ जिल्लालाई ‘एल्लो अलर्ट’ अर्थात् पहेँलो सतर्कता तहमा राखेको छ।

सम्बन्धित समाचार