mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

  • बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालसम्म रु एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन् ।

आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताएका हुज् ।

‘कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ’, फेसबुकमा उनले लेखेका छन् ।

अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले रु दुई लाखसम्मको उपचार सुविधा पाउनेछन् ।

यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिन सक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ ।

सम्बन्धित समाचार