кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, असार २७, २०८२

हालको खबर

  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • रसुवा बाढीको असर : २५० मेगावाट क्षमताको आयोजना बन्द, ३५० मेगावाटका आयोजना अलपत्र

रसुवा बाढीको असर : २५० मेगावाट क्षमताको आयोजना बन्द, ३५० मेगावाटका आयोजना अलपत्र

  • बिहिबार, असार २६, २०८२
रसुवा बाढीको असर : २५० मेगावाट क्षमताको आयोजना बन्द, ३५० मेगावाटका आयोजना अलपत्र

काठमाडौं-असार २४ गते राती चीनतर्फबाट रसुवामा आएको बाढी वितण्डाले २५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ भने ३५० मेगावाटका आयोजना निर्माणको काम रोकिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन आयोजनाबाट उत्पादन रोकिएको हो ।

चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ भने टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परी ७ जनाको ज्यान गइसकेको छ भने १९ जना बेपत्ता छन् ।

इप्पानले सार्वजनिक गरेको विवरण अनुसार १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाट त्रिशूली–३ए जलविद्युत्, २५ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको छ ।

यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–३बी हब सबस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।

देवीघाट, त्रिशूली र त्रिशूली–३ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्र समेतको सहभागितामा निर्माण भएका आयोजना हुन् ।

निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत् आयोजना हुन् ।

निर्माणाधीन आयोजनामा २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।

इम्पानका अनुसार त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली–३बी हब सबस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा बेहोर्नुपर्ने देखिन्छ ।

टिमुरे सुक्खा बन्दरगाहबाट दर्जनौं मालवाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौँ गाडीसमेत बाढीले बगाएको, निर्माणाधीन सुक्खा बन्दरगाह पूर्णरूपमा खण्डहर बनेको र नेपाल–चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीमा पारेको प्रभावप्रति इप्पानले दुःख व्यक्त गरेको छ ।

सम्बन्धित समाचार