काठमाडौं-काठमाडौं महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ । महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।
नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् ।
६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरे । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे ।
बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए । अन्य विषय केही नभएर बैठक सम्पन्न भएको घोषणा गर्दै उनी उठेर हिँडेका थिए ।
यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख बजेटको सीमा निर्धारण गरेको थियो ।