mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • विद्यालय शिक्षा विधेयकमा सहमति उल्लंघनको आरोप, शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी

विद्यालय शिक्षा विधेयकमा सहमति उल्लंघनको आरोप, शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी

  • सोमवार, असार ३०, २०८२
विद्यालय शिक्षा विधेयकमा सहमति उल्लंघनको आरोप, शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकसम्बन्धी सरकारको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै नयाँ र अझ कडा आन्दोलनको चेतावनी दिएको छ ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै सरकारसँग भएका विगतका सहमति र प्रतिबद्धताहरूको लगातार उल्लङ्घन गरिएको आरोप लगाएको छ ।

२९ दिने आन्दोलनपछिको सम्वाद र वैशाख १७ गते भएको सहमतिको स्मरण गराउँदै महासङ्घले २०८२ असार १५ भित्र विधेयक संसद्बाट पारित गर्ने सहमतिसमेत पालना नभएकोमा आपत्ति जनाएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक, कर्मचारी र विद्यार्थीको हितमा विद्यालय शिक्षा ऐन ल्याउने सरोकार पक्षको इच्छा कमजोर हुँदै गएको छ।’

विज्ञप्तिमा भनिएको छ कि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफलहरूबाट पूर्वसहमति बङ्ग्याउने र शिक्षक–कर्मचारीमैत्री प्रावधानहरू हटाउने प्रयास भइरहेको देखिएको छ। सरकारको व्यवहारले शासकीय दम्भ र शिक्षाकर्मीप्रतिको हेपाहा प्रवृत्ति उजागर भएको महासङ्घको आरोप छ।

महासङ्घले आफ्ना आन्दोलनको इतिहास र उद्देश्यप्रति सरकार गम्भीर नभएको भन्दै भनेको छ, ‘सरकारले फेरि नेपाली शिक्षक–कर्मचारीलाई आन्दोलनतर्फ धकेल्ने परिस्थिति सिर्जना गरिरहेको छ।’

नेपाल शिक्षक महासङ्घले सकारात्मक निर्णय नभए आन्दोलनको नयाँ चरण सुरु गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।