AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

  • मङ्लबार, असार ३१, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं-सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ भने रु ४० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको बताइएको छ ।

सम्बन्धित समाचार