mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • भेटवालविरुद्ध उजुरी दिने बराल नै मिटरब्याज प्रकरणमा पक्राउ

भेटवालविरुद्ध उजुरी दिने बराल नै मिटरब्याज प्रकरणमा पक्राउ

  • मङ्लबार, असार ३१, २०८२
भेटवालविरुद्ध उजुरी दिने बराल नै मिटरब्याज प्रकरणमा पक्राउ

काठमाडौं-करोडौं रकम मिटरब्याजमा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो।

बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको परिसरका एक अधिकारीले बताए।

प्रहरी स्रोतका अनुसार बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए। सोही आधारमा भेटवाल पक्राउ परे।

पछि भेटवालले आफुलाई बरालले मिटरब्याजमा पैसा लगाएको बताए। बरालविरुद्ध नै मिटरब्याजको उजुरी दिए। भेटवालले गृह मन्त्रालयसम्म पहुँच पुर्याएपछि बराल नै यतीबेला पक्राउ परेका छन्।

उता भेटवाल भने छुटिसकेका छन्। बरालले भेटवालविरुद्ध करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दा हालेका थिए।

प्रहरीले अब बरालमाथि छानविन अघि बढाएको छ। यो प्रकरणमा परिसरकै केही प्रहरी भेटवालको पक्षमा त केही बरालको पक्षमा देखिएका छन्।

सम्बन्धित समाचार