काठमाडौं-नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरेको हो ।
यसअघि सो जिम्मेवारी सम्हालिरहेका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।