кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, साउन २, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • ३२ लाख घुस काण्डमा मुछिएका मन्त्री अधिकारीमाथि छानबिन गर्न कांग्रेसको माग

३२ लाख घुस काण्डमा मुछिएका मन्त्री अधिकारीमाथि छानबिन गर्न कांग्रेसको माग

  • बिहिबार, साउन २, २०८२
३२ लाख घुस काण्डमा मुछिएका मन्त्री अधिकारीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं-सत्ता साझेदार दल नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमिमन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि छानबिन गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त अडियोबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउँदै भनेका छन्–‘प्रहरीले गर्ने हो कि अख्तियारले गर्ने हो, छानबिन गर्नुपर्छ र यसको टुङ्गो लगाउनुपर्छ ।’

संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने भन्दै उनले थपे–‘जो दोषी छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ, अहिले अडिओ सार्वजनिक भएको छ, त्यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । जो दोषी देखिन्छन्, कारबाहीमा आउनुपर्छ ।’

यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका थिए । अडिओ प्रकरणमा मुछिएका गुप्ता र अधिकारी दुवै एमालेका हुन् ।

अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको छ ।

मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी छ ।

अर्कोतर्फ, मन्त्री अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले भक्तपुरमा प्रमुख मालपोत अधिकृत बनाएर पठाएका कुमार आचार्य घुससहित पक्राउ परेपछि उनी संकटमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा प्रमुख मालपोत अधिकृत २४ लाख ५० हजार रुपैयाँ घुसहित रंगेहात पक्राउ गरेको छ ।

घुस डिल प्रकरणमा मुछिएका मन्त्री अधिकारीले रोजेर पठाएका मालपोत अधिकृत घुससहित पक्राउ परेपछि उनीमाथिको शंका झन बढेको सरकारभित्रै चर्चा छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए। उनीसँगै नायब सुब्बा दीपक अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत पनि समातिएका छन्।

सम्बन्धित समाचार