काठमाडौं-संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सोमबार महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समिति बैठक बस्न लागेका हुन् ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बालअधिकार परिषदद्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०८१ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।
दिउँसो २ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक– २०८१ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।