mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • विद्यादेवी भण्डारी फेरि राजनीतिमा फर्किन मिल्दैन : कांग्रेस

विद्यादेवी भण्डारी फेरि राजनीतिमा फर्किन मिल्दैन : कांग्रेस

  • मङ्लबार, साउन ७, २०८२
विद्यादेवी भण्डारी फेरि राजनीतिमा फर्किन मिल्दैन : कांग्रेस

काठमाडौं-सत्ता साझेदार दल नेपाली कांग्रेसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेका हुन्।

सोमबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा यसबारे सात नेताले छलफल गरेका थिए। सोही निर्णय सुनाउन उनीहरु आज देउवा निवास पुगेका हुन् । आज ती सातमध्येका पाँच नेता बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरे।

छलफलमा सहभागी नेता गोपानमान श्रेष्ठले राष्ट्रपति भइसकेपछि पुनः पार्टीको राजनीतिमा फर्किनु उचित नहुने बताउँदै भने–‘राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापतिको पनि यही धारणा रह्यो।’

गोपानमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय गच्छेदार र डा प्रकाशरण महतसँगको छलफलमा सभापति देउवाले पनि यसबारे एमालेले निर्णय गर्नुपर्ने बताएका हुन्।

यता, एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा नै गरिसकेकी भण्डारीका कारण एमालेभित्र पनि नयाँ गुट बनिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि हालतमा भण्डारीलाई रोक्न चाहन्छन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका केही शिर्ष नेताहरुलाई भण्डारीको ‘इन्ट्रिै गराउन खोजिरहेका छन् ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।