काठमाडौं-नेकपा एमालेको बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा भएको नवौँ केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देशको गौरव र सम्मानित पदमा पुगेको व्यक्ति राजनीतिमा आउन नमिल्ने निर्णय गरेको जानकारी दिए ।
‘देशको राष्ट्राध्यक्ष सर्वोच्च पदमा भएको व्यक्ति, गणतन्त्रको प्रतीक, देशको अभिभावक राजनीतिक दलको कार्यकर्ता हुन राम्रो हुँदैन । ससम्मानमा कुनै कमी राख्न हुँदैन,’ उनले भने ।
यो निर्णयमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले मात्रै फरक मत राखेको जानकारी गौतमले दिए ।