काठमाडौं-सङ्घीय संसद अन्तर्गत आज तीनवटा संसदीय समितिका बैठक बस्दै छन् ।
संसद सचिवालयका अनुसार बुधबार सार्वजनिक लेखा समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान १० बजे सिंहदरबारमा बस्ने सार्वजनिक लेखा समितिको बैठकमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माणसम्बन्धी उजुरी तथा नेपाल सरकारका सचिवहरूसँग गर्ने संयुक्त बैठकको मिति निर्धारणलगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।
यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।