кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, साउन १०, २०८२

तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

  • बिहिबार, साउन ९, २०८२
तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं-संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन् ।

संसद सचिवालयका अनुसार बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

सम्बन्धित समाचार