काठमाडौं-सुर्खेतमा एक पुरुषले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वीरेन्द्रनगर-१३, करेखोला बस्दै आएका ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार हत्या गरेको प्रहरीले बताएको छ ।
हत्यालगत्तै ठाडामगर आफैले प्रहरीर विदेशमा रहेका छोराछोरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।
त्यस लगत्तै नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए । तर श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भईरहेको उनले बताए ।