काठमाडौं-कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन लेखनको तयारि थालेको छ ।
सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समयमै काम सक्ने गरी समितिले प्रतिवेदन लेखनको तयारि थालेको समितिका सभापति जीवन परियारले बताए । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन् ।
समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो । प्रतिनिधि सभाको बैठक साउन १९ गते बस्दैछ त्यसैदिन छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी छ ।