кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२

फेरि एक हुँदै प्रचण्ड र विप्लव

  • सोमवार, साउन २०, २०८२
फेरि एक हुँदै प्रचण्ड र विप्लव

काठमाडौं-नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।

उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ ।

सापकोटालले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको बताउँदै वार्ता टोली बनाएर छलफल थाल्ने बताए ।

यसैबीच, अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प भएको बताएका छन् ।

सोमबार स्थायी समितिको बैठक सम्पन्न भएपछि पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै दाहालले एकता र आन्दोलनको तयारीको घोषणा गरेका हुन् ।

‘हामीले सामूहिक एकताको साथमा सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने सङ्कल्प गरेका छौं। फेरि एकचोटि जनतामा जाने र देशमा देखा परेका विसङ्गतिका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ ।’

चार दिन चलेको बैठकमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायत नेताहरूले अध्यक्ष दाहालमाथि आलोचना गरेका थिए । सो विषयबारे प्रचण्डले सबै कुरा मिलिसकेको दाबी गरे ।

सम्बन्धित समाचार