кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • ४ वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न जनार्दन शर्मा तयार

४ वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न जनार्दन शर्मा तयार

  • सोमवार, साउन २०, २०८२
४ वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न जनार्दन शर्मा तयार

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले चार वर्षको अवरोधपछि अब पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन् ।

आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार रहेका शर्माले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा सही गर्न अस्वीकार गर्दै आएका थिए ।

तर, गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी हस्ताक्षर गर्न सहमत भएका हुन् ।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, “उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका कुरामा उहाँले महसुस गर्नुभयो ।”

बैठकमा गत साउन ६ गते शर्माले दिएको “मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेका छन्” भन्ने अभिव्यक्तिबारे पनि छलफल गर्दै जाने निर्णय भएको सापकोटाले बताए।

सम्बन्धित समाचार