кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, साउन २१, २०८२

अछाममा एकजना करेसाबारीमा मृत भेटिए

  • मङ्लबार, साउन २१, २०८२
अछाममा एकजना करेसाबारीमा मृत भेटिए

अछाम-अछामको कमलबजार नगरपालिका–९, मष्टामण्डालीमा एक पुरुष आफ्नै करेसाबारीमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दिउँसो १२ः५० बजे ५० वर्षीय रतन रावत आफ्नै घरछेउको करेसाबारीमा मृत फेला परेका हुन् ।

उनी मृत फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीका अनुसार रावतको मानसिक अवस्था असामान्य रहेको र उनी प्रायः घरमा एक्लै बस्ने गरेका थिए ।

मृतक धनी रावतका छोरा हुन् । घटनास्थलमा मुचुल्का तयार पार्दै अन्य प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाम पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार