काठमाडौं-काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काइने भएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेपछि मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका आइजिपी थापाबीच मौखिक सहमति भएको हो ।
महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटमा भवन भत्काउने निर्णय भएको महानगरले जनाएको छ ।
महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।
अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।