mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • आज रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

  • शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

काठमाडौं – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाको दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले मन्त्रिएको यज्ञोपवीत र डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवले लखेटेका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरेर बलशाली दानवराज बलीलाई बाँधेका थिए। त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहो’ भन्दै डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको छ।

यसैले रक्षाबन्धन बाँध्ने बेला गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्दै रक्षासूत्र, रक्षाबन्धन वा डोरो बाँध्ने वैदिक परम्परा छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरेर मन्त्रिएको रक्षाबन्धन वा डोरो वैदिक परम्पराको मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन्। यस्तै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

सम्बन्धित समाचार