काठमाडौं – वाग्मती प्रदेशका केही जिल्लामा आज गाईजात्रा पर्व मनाइँदै छ ।
नेवार समुदायका मानिसले एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा हरेक साल भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायत नेवार समुदाय बाहुल्य क्षेत्रमा यो पर्व मनाउने गरिन्छ ।
यसै अवसरमा वाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।