mega darknetmega darknet
AarthikBikash
बुधबार, साउन २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • कैलाली कारागारमा कैदीबन्दीको संख्या एकिन

कैलाली कारागारमा कैदीबन्दीको संख्या एकिन

  • आइतवार, साउन २६, २०८२
कैलाली कारागारमा कैदीबन्दीको संख्या एकिन

धनगढी-जिल्ला कारागार कैलालीमा कैदीबन्दीको संख्या गणना गरिएको छ ।

दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कारागारमा मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकीन गरिएको हो ।

गणनाअनुसार पुरुष राखिएको ब्लक ‘ए’ मा ३९६ जना, ब्लक ‘बी’ मा १९८, महिला ब्लकमा ५७ जना रहेका छन् ।

शनिबारको झडपमा घाइते भएकाहरूको संख्या ४८ रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार शनिबार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए । संख्या एकिन रहेको भेटिएको छ ।

सम्बन्धित समाचार