mega darknetmega darknet
AarthikBikash
मङ्लबार, साउन २८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • रास्वपाको प्रवेशपछि संसद्‌को गरिमा बढ्यो, सदन हेर्न र सुन्नलायक भयो : डीपी अर्याल

रास्वपाको प्रवेशपछि संसद्‌को गरिमा बढ्यो, सदन हेर्न र सुन्नलायक भयो : डीपी अर्याल

  • मङ्लबार, साउन २८, २०८२
रास्वपाको प्रवेशपछि संसद्‌को गरिमा बढ्यो, सदन हेर्न र सुन्नलायक भयो : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा सदनमा आएपछि संसद्‌को गरिमा बढेको बताएका छन् । आज रास्वपाको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा समबोधन गर्दै अर्यालले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि अहिले सुन्न, हेर्नलायक भएको बताउने उनको दाबी छ ।

उनले भने – ‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ। संघीयता आएको छ। नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा यस्तो कोर्नुपर्‍यो कि देश निर्माणका लागि ५० वर्षको नक्सा कोर्नुपर्छ ।’ अर्यालले नीति नियम, संघीयता र संविधानको कार्यान्वयनका आगामी पुस्तालाई लक्षित गरेर बौद्धिक नक्सा कोर्नुपर्ने समेत बताए ।

सम्बन्धित समाचार