mega darknetmega darknet
AarthikBikash
शुक्रबार, साउन ३१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • ७४ जिल्लामा फैलियो डेंगु, एक सातामै १८० जना संक्रमित

७४ जिल्लामा फैलियो डेंगु, एक सातामै १८० जना संक्रमित

  • बिहिबार, साउन ३०, २०८२
७४ जिल्लामा फैलियो डेंगु, एक सातामै १८० जना संक्रमित

काठमाडौं-देशभर डेंगुको संक्रमण बढ्दै गइरहेको छ । गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो ।

चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ ।

विगतका वर्षहरूमा वर्षायाममा तराईका जिल्लाहरूमा मात्रै देखिने डेंगुको सङ्क्रमण पहाडी जिल्ला हुँदै हिमाली जिल्लाहरूसम्मै फैलिन थालेपछि जनस्वास्थ्यको प्रमुख चुनौति बनेको छ ।

सम्बन्धित समाचार