mega darknetmega darknet
AarthikBikash
शुक्रबार, साउन ३१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

  • शुक्रबार, साउन ३१, २०८२
प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौं-बाँकेमा प्रहरीले गोली हानेर चार जना लागुऔषध कारोबारीलाई पक्राउ नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको हो

पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी रहेका छन् ।

यस्तै भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।

टोलीले चेकजाच गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

सम्बन्धित समाचार