काठमाडौं-अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश ‘ए’ सँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।
नेपाल आफ्नो पहिलो खेलमा हिजो आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।
त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो ।
यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । प्रतियोगितामा ११ वटा टोली छन् ।