काठमाडौं-ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली सार्वजनिक गरिएको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार प्रमुख प्रशिक्षक नविन न्यौपानेले २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
न्यौपानेले राष्ट्रिय टोलीका ४ खेलाडी आयुष घलान, कृतिश रत्न छुन्जु , निराजन धामी र सुमित श्रेष्ठ सहित टोली घोषणा गरेका हुन्।
टोलीमा गोलकिपरमा कृशाल मोक्तान, अमित टमाटा र विशाल केसी रहेका छन्। डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लाहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु र सेमन्त थापा छन् ।
मिडफिल्डरमा अभिषेक स्याङतान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ ले स्थान बनाए। फर्वार्डमा रोहन खड्गी र निराजन धामी रहेका छन्।
सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने समूह ‘के’ मा नेपालले ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग खेल्नेछ।