AarthikBikash
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे मिस्री

प्रधानमन्त्रीपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे मिस्री

  • आइतवार, भदौ १, २०८२
प्रधानमन्त्रीपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे मिस्री

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशी सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । आज पौडेलसँग मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटवार्ता गरेका हुन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ। उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लिइरहेको र अझै बढी लाभ लिन चाहेको बताए। त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको सुधारको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको दूतावासले बताएको छ।

राष्ट्रपतिलाई भेट्नुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्। ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ।

सम्बन्धित समाचार