mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • नेपालको पहिलो जित, होबर्ट हुरिकेन्स ६६ रनले पराजित

नेपालको पहिलो जित, होबर्ट हुरिकेन्स ६६ रनले पराजित

  • मङ्लबार, भदौ ३, २०८२
नेपालको पहिलो जित, होबर्ट हुरिकेन्स ६६ रनले पराजित

काठमाडौं-अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जित निकालेको छ । पार्मस्टनमा आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको होबर्टले १६ ओभर १ बलमा १ सय १४ रन बनाउँदा सबै विकेट गुमायो । होबर्टका ब्राडली होपले सबैभन्दा धेरै ३१ रन बनाए ।

नेपालका नन्दन यादवले ५ तथा कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र र कुशल भुर्तेलले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले ११ बलमा नटआउट २५ रन जोडे ।

होबर्ट हरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २र२ विकेट लिए । टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका ३ वटै खेलमा पराजित भएको थियो ।

सम्बन्धित समाचार