mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • टप एन्ड टी–२० सिरिज : टस जितेर पहिले ब्याटिङमा नेपाल

टप एन्ड टी–२० सिरिज : टस जितेर पहिले ब्याटिङमा नेपाल

  • बुधबार, भदौ ४, २०८२
टप एन्ड टी–२० सिरिज : टस जितेर पहिले ब्याटिङमा नेपाल

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर नेपाली टिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् । नेपाली टिमका मुख्यप्रशिक्षक स्टुवर्ड लले नियमित कप्तान रोहितकुमार पौडेललाई प्लेइङ-११ मा नराख्दा दीपेन्द्रले कप्तानी जिम्मेवारी पाएका हुन् ।

मंगलबार भएको चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। । नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।

सिरिजमा ११ टोली सहभागी छन्। सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान एु, बंगलादेश एु र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्। अन्यमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका एकेडेमीलगायत छन्।

सम्बन्धित समाचार