mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • स्वास्थ्यमन्त्री पौडेल र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

स्वास्थ्यमन्त्री पौडेल र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

  • बुधबार, भदौ ४, २०८२
स्वास्थ्यमन्त्री पौडेल र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । आज आयोजित एक कार्यक्रममा मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एक वर्षे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्ने, जनताको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न र परिणाम देखाउन आग्रह गर्दै मूल्याङ्कन प्रतिवेदनले मात्र नभई सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनु पर्ने स्पष्ट पारे ।

साथै, मन्त्रालयले अघि सारेका नीतिगत सुधारहरूलाई कार्यान्वयन गरी नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन मन्त्री पौडेलले सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिए । गत साउन २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताप्रति आदानप्रदान गरिएको थियो ।

लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौता पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने हुन्छ, सोहि आधारमा स्वास्थ्यमन्त्री पौडेल र स्वास्थ्य सचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्बन्धित समाचार