mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

  • बुधबार, भदौ ४, २०८२
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या छ भन्दैमा  जे पनि निर्णय गर्न नहुने बताएका छन्। प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’ उनले आफूहरूले गरेको निर्णय समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

उनले थपे- ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’ कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक र वैध रहेको पनि उनले बताए।

सम्बन्धित समाचार