काठमाडौं– नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका लागि भारत सहमत भएको छ । बिहीबार भारतले मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट विद्युत् लागि अनुमति प्रदान गरेको हो । वाइल्याटरल सम्झौता मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतले यसअघि नै एक हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको छ । थपिएको ८० सहित भारतमा कुल बिजुली निर्यात क्षमता एक हजार ९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । योसंगै कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।