mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबिच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबिच भेटवार्ता

  • आइतवार, भदौ ८, २०८२
प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबिच भेटवार्ता

काठमाडौं– नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो। सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग याक एन्ड यति होटेलमा द्वीपक्षीय बैठक भएको थियो।

दुवै पक्षले भेटमा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क बढाउनुका साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको छ । यस्तै शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछिन् । काठमाडौं र ललितपुरका ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने पनि कार्यतालिका छ ।  त्यसपछि उनी स्वदेश फिर्ता हुनेछिन् ।

सम्बन्धित समाचार