mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिने ईश्वरी न्यौपानेको तयारी

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिने ईश्वरी न्यौपानेको तयारी

  • मङ्लबार, भदौ १०, २०८२
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिने ईश्वरी न्यौपानेको तयारी

काठमाडौं-संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरी न्यौपानेले पदबाट राजीनामा दिने भएकी छन् ।

नेपाली कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिन लागेकी हुन् ।

एउटै सांसद दुई समितिको सभापतिमा बस्न नमिल्ने भएकाले न्यौपानेले सुनुवाइ समितिबाट राजीनामा दिन लागेको बताइएको छ ।

यसअघि सो समितिको सभापति रहेका कांग्रेस सांसद रामहरी खतिवडा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा विवाद उठेपछि राजीनामा दिएका थिए । खतिवडाले नैतिक जिम्मेवारी स्वीकार गर्दै सभापति पदबाट राजिनामा दिएका थिए ।

खतिवडाको राजीनामापछि खाली रहेको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदमा अब न्यौपानेको उम्मेदवारी पक्का भएको छ । यससँगै प्रतिनिधिसभामा समितिको नेतृत्व फेरबदलको प्रक्रिया अघि बढेको छ ।

सम्बन्धित समाचार