mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने

काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने

  • बिहिबार, भदौ १२, २०८२
काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने

काठमाडौं-काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा भैरहेको छ । पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामका मौसमविद् डेविड ढकालका अनुसार आज बेलुकासम्म धेरै ठाउँमा निरन्तर वर्षा हुने छ । बेलुकाबाट अलि कम भए पनि भोलि र पर्सि पनि पानी पर्ने क्रम जारी रहने उनले बताए ।

‘हाल काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । विशेषगरी बागमतीसहित मधेश, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षा भैरहेको छ,’ लोकान्तरसँग उनले भने, ‘यो मनसुनी वर्षा हो । आज दिनभर र बेलुकासम्म यस्तै रहन्छ । भोलिबाट अलि कम होला । तर, पर्सिसम्मै वर्षाको सम्भावना छ ।’

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी भू-भागमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

राति देशभरका पहाडी भू-भागका धेरै स्थान र बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसँगै लुम्बिनी र कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा पानीको सतह बढ्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको विभागले बताएको छ ।

सम्बन्धित समाचार