काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ का लागि उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा न्युरोलोजिष्ट हुन् ।
उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए।
उम्मेदवार हुन इच्छुकसँग रास्वपाले २५ हजार रुपैयाँ शुल्क पनि लिएको थियो।