mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने

राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने

  • सोमवार, भदौ १६, २०८२
राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने

काठमाडौं – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’मा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

सम्बन्धित समाचार