mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • आज सांंघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

आज सांंघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

  • सोमवार, भदौ १६, २०८२
आज सांंघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांंघाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको गर्ने कार्यक्रम छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी छ ।

ओलीले आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार