काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव कृष्ण प्रसाद मैनालीको सरुवा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई विभागको जिम्मेववारी दिएको हो ।
केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका मैनालीलाई विभागको महानिर्देशक बनाइएको हो ।
तत्कालीन महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा सरुवा भएपछि रिक्त विभागमा मैनालीलाई नियुक्त गरिएको हो ।
मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए। उनले बिहीबारदेखि विभागमा कार्यभार सम्हालेका छन् । उपसचिव हुँदा पनि विभागमा बसेकाले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धि अनुसन्धानमा अनुभव छ ।